१३ भदौ -नुवाकोट, हिरामणीटारकी वृद्धाको अरिंगालले चिलेर मृत्यु भएको छ।
सूर्यगढी गाउँपालिका-५ हिरामणीटारकी ७४ वर्षीया पिपकुमारी भट्टराईको घाँस काट्ने क्रममा अरिंगालले टोकेर मृत्यु भएको छिमेकी तथा आफन्तले बताएका छन।
बडहरेस्थित खेतमा घाँस काट्ने क्रममा वृद्धा हजुरआमालाई एक्कासि ठूलो संख्यामा रहेको अरिंगालले चिलेका कारण उपचारका लागि काठमाडौंको विपी स्मृति अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषित गरेका हुन्।
वृद्धाले घाँस काटिरहेको नजिकै ठूलो सालको रुखमा अरिंगालको गोलासमेत फेला परेको छ।
प्रतिक्रिया दिनुहोस्