१३ भदौ- अछाम, छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छ । सोहि घटनामा अन्य एक जना घाइते भएकी छन्।
पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका–६ का ७ वर्षीया कविता भण्डारीको घटनास्थलममै मृत्यु भएको हो। कविता आफ्नी आमासँग छाउगोठमा सुतिरहेको बेला ढुङ्गा खसेको थियो।
घटनामा घाइते भएकी कविताकी आमालाई उपचारका लागि स्थानीय स्वास्थ्यचौकी पठाइएको छ। घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक टेकबहादुर देउवाको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ।
प्रतिक्रिया दिनुहोस्