सुर्खेतबाट जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

१२ भदौ – सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-६ सनिहल लाईनस्थित गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने २४ वर्षीय हुकुम शाही लगायत ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार ५ सय २५ रूपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्