१२ भदौ- चितवन, गैंडाले आक्रमण गर्दा बिहीबार दिउँसो एकजनाको मृत्यु भएको छ । चितवनको मेघौलीमा गैंडाले युवकमाथी आक्रमण गरेको थियो ।

अन्दाजी ६० वर्षीय खेमबहादुर सुनारको गैंडाले आक्रमण गर्दा मृत्यु भएको हो ।
निकुञ्जसँग जोडिएको गाउँ भरतपुर महानगरपालिका-२८ मेघौलीको अन्द्रौलीमा उक्त घटना भएको हो । राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनभित्र उनलाई गैंडाले आक्रमण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्