१२ भदौ- कैलाली, खुटिया नदीमा डुबेर बेपत्ता भएका चार जनाकै शव भेटिएको प्रहरीले जनाएको छ ।
गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा धनगढीका चार किशोर बेपत्ता भएका थिए ।
शव भेटिनेमा १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ कै प्रतीक चौधरीको भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । ७ जनाको समूहमा दिउँसो २ बजेतिर खुटिया नदीमा नुहाउने क्रममा ४ जना डुबेका थिए । अन्य तीन जनाको भने सकुशल उद्धार गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्