अमेरिकामा फेरी गोली काण्ड, दुई विद्यार्थीको मृत्यु १७ जना घाइते

१२ भदौ- अमेरिका, मिनियापोलिस राज्यको एक चर्चमा विद्यालय जाने उमेरका बालबालिकामाथि बुधबार बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दुई विद्यार्थीको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन् ।

गोलीबारीमा ८ र १० वर्षका दुई साना बालबालिकाको बेञ्चमा बसिरहेको अवस्थामा मृत्यु भएको छ साथै १४ बालबालिकासहित १७ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर रहेको छ। बन्दुकधारीले राइफल र पेस्तोल प्रहार गरेपछि पार्किङस्थलमा आत्महत्या गरेको प्रहरी प्रमुखले बताएका छन् ।

 

गोली हान्ने व्यक्तिको लामो आपराधिक इतिहास नभएको र उनले एक्लैले यो काम गरेको अनुमान गरिएको छ । आक्रमणकारी अन्दाजी २३ वर्षको भएको बताइएको छ ।

यस आक्रमणको राष्ट्रपति डोनाल्ड ट्रम्पसहित धेरैले निन्दा र दुःख व्यक्त गरेका छन् ।

 

-रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्