१२ भदौ -काठमाडौं, बुधबार लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । चोरी काठमाडौँ र ललितपुरका बिभिन्न स्थानबाट भएका छन ।
बुधबार राति काठमाडौँको तारकेश्वर नगरपालिका-१० डेरा गरी बस्ने उदयपुर घर भएका २९ वर्षीय विक्रम लायो मगरको कोठाबाट सुनका विभिन्न गरगहना र नगद १ लाख ७० हजार रुपैयाँ समेत गरी करिब ९ लाख ६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
तेस्तै ललितपुरको ललितपुर महानगरपालिका-२५ खोकना दोबाटोस्थित मोहन कृष्ण महर्जनको पसलबाट नगद २ लाख रुपैयाँ बुधबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्