स्थानीय खोलामा माछा मार्न गएका एकजनाको ढुङ्गामा चिप्लिएर मृत्यु

१२ भदौ-काठमाडौँ, स्थानीय कासुवाखोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ ।

मकालु –३ उलिङका ४५ वर्षीय जापान राईको ढुङ्गामा चिप्लिएर मृत्यु भएको हो ।

 


बुधबार अपराह्न भएको यो दुर्घटनाको खबर पाउनासाथ हेदाङ्नागढीस्थित इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको जानकारी दिँदै प्रहरीले शव परीक्षणका निम्ति आज जिल्ला अस्पताल पुर्याइने बताए ।

उनिसँगै माछा मार्न गएका भानसिंह राईसँग प्रहरीले सोधपुछ एवं अनुसन्धान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्