१२ भदौ- डडेल्धुरा, बिहीवार बिहान भएको जीप दुर्घटनामा घटनास्थलमै चार जनाले ज्यान गुमाएकाहरुको सनाखत भएको छ। घटना नवदुर्गा गाउँपालिका–५ को चौडमा भएको थियो ।
उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जीप दुर्घटनामा परेर नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको प्रहरीले बताएको छ। मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।
दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। घाइते हुनेमा नवदुर्गा–५ बस्ने १८ वर्षीया सुशिला बिक, चार वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जीप चालक ३५ वर्षीय रामबहादुर साउद रहेका छन्। उनीहरु मध्ये बिक र रामबहादुर साउदको अवस्था गम्भीर रहेको छ। उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।
जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस्