नेपाली बजारमा सुनको मूल्य २ लाख झनै नजिक

१२ भदौ – काठमाडौं, आज बिहीवार नेपाली बजारमा सुनको मूल्य २ लाखको झनै नजिक पुगेको छ भने चाँदीको मुल्य सामान्य बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीवार छापावाल सुन तोलामा १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ। सुनको मुल्य आज ४ सयले बढेको हो ।

हिजो बुधवार सुन तोलामा १ लाख ९९ हजार रुपैयाँमा कारोवार भएको थियो ।

 

यस्तै आज बिहीवार चाँदी २ हजार ३ सय ५५ रुपैयाँमा कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य हिजो बुधवारको तुलना भन्दा १० रुपैयाँले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्