नेप्से परिसूचक ५३.०१ अंकले बढ्यो

११ भदौ-काठमाडौँ, आज सेयर बजार नेप्से परिसूचक ५३.०१ अंकले बढेर २८१९.१० विन्दुमा बन्द भएको छ।

 


आजको दिन २३२ कम्पनीको सेयर मूल्य बढ्यो भने १९ कम्पनीको घट्यो।

 

शेयर बजारमा आज १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता सेयर किनबेच भयो भने ७ अर्ब ६८ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर रकमको कारोबार भएको छ।

 

प्रतिक्रिया दिनुहोस्