११ भदौ – बाजुरा, चरेस र खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन्।
बाजुराको बडिमालिका नगरपालिका–८ मार्तडी बजार नजिक प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। उनिहरुलाई गए राति १० बजे तिर पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बडिमालिका–९ का २७ वर्षीय लक्ष्मण विक र कैलालीको गौरीगंगा नगरपालिका–१ चौमालाका ३१ वर्षीय दिपेन्द्र घर्ती मगर रहेका छन्।
उनीहरूको साथबाट १० ग्राम चरेस र १०० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जानकारी दिएको छ। दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्