त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता, एकको उद्धार

१० भदौ- तनहुँ, त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन्। घटना देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा भएको हो ।

बेपत्ता भएकासँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ। भरतपुर महानगरपालिका-१६ मंगलपुरका १७ वर्षीय कृष्ण लामिछाने बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । सोमबार साँझ नदीले बगाएर उनि बेपत्ता भएका हुन । भरतपुर-१५ फूलबारीका १३ वर्षीय कुशल ढकालको सकुशल उद्धार गरिएको छ।

 

स्थानीय सोमबहादुर बोटेले बालक ढकालको उद्धार गरेका थिए। इलाका प्रहरी कार्यालय देवघाट, प्रहरी चौकी जुगेडी र १७ नम्बर गण आँपटारी चितवनबाट गोताखोरसहितको सशस्त्र प्रहरी टोलीले वेपत्ता बालकको खोजतलास गरिरहेका छन, तर अझै उन फेला पार्न सकेका छैन्न।

प्रतिक्रिया दिनुहोस्