तिजकै दिन १५ सयले बढ्यो सुन

 ९ भदौ – काठमाडौं, आज मंगलवार नेपाली बजारमा सुनको र चाँदीको मुल्य बढेको छ ।

 

महिलाहरुको महान चाड तिजको दिन सुन र चाँदीके भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलवार छापावाल सुन तोलामा १ लाख ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ। सुनको मुल्य आज १५ सयले बढेको हो ।

हिजो सोमवार सुन तोलामा १ लाख ९७ हजार २ सय रुपैयाँमा कारोवार भएको थियो ।

 

यस्तै आज मंगलवार चाँदी २ हजार ३ सय ६० रुपैयाँमा कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य हिजो सोमवारको तुलना भन्दा ५ रुपैयाँले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्