इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु, ८६ जना घाइते

९ भदौ- यमन, राजधानी सानामा आइतबार भएको इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु भएको छ भने ८६ जना घाइते भएका छन ।

 

घाइतेमध्ये सात बालबालिका र तीन महिला छन् भने २१ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले हुथी अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने समेत बताएका छन् । आक्रमणले इन्धन र पावर स्टेशन, राष्ट्रपति दरबार परिसर र अन्य नागरिक सुविधालाई लक्षित गरेको हुथी समुहले जनाएको छ ।

सेनाले राष्ट्रपति दरबार, असर र हिजाज पावर प्लान्ट र इन्धन भण्डारण सुविधामा आक्रमण गरिएको बताएका छन् । इजरायली राज्यको स्वामित्वमा रहेको कान टिभीले १४ वटा लडाकू विमानले आक्रमणमा भाग लिएको र करिब ४० वटा बम प्रहार गरिएको रिपोर्ट गरेको छ ।

 

हुथी समूहले आक्रमणलाई ‘क्रूर आक्रामकण’ भन्दै इजरायल र संयुक्त राज्य अमेरिका दुवैलाई ‘जघन्य अपराध’ को आरोप लगाएको छ र प्रतिशोधमा आक्रमण गर्ने चेतावनी दिएको छ । यसअघि हुथीले तेल अभिवमा हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेका थिए । ती क्षेप्यास्त्रले घरहरूमा क्षति पु¥याए पनि कसैको मृत्यु भएको थिएन।

-रासस/ सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्