९ भदौ- कैलाली, एक थुनुवाको कैलाली कारागारमा मृत्यु भएको छ ।
टीकापुर नगरपालिका-४ का ५६ वर्षीय रामकिसन चौधरीको सोमबार दिउँसो मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । उनि जबरजस्तीकरणी मुद्दामा पुर्पक्षमा रहेका थिए ।
उनलाई रिंगटा लागेको भनेपछि चौधरीलाई उपचारका लागि दिउँसो साढे २ बजेतिर सेती प्रादेशिक अस्पताल लगिएको कारागारका जेलर प्रकाश ढुंगानाले बताएका छन।
अस्पताल पुर्याइएको केहीबेरमै चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए । थुनामा राखिएका चौधरीलाई उच्च रक्तचापको समस्या थियो । चिकित्सकले उच्च रक्तचापकै कारण चौधरीको मृत्यु भएको कुरा बताएका छन् । यद्यपि थप कुरा शव परीक्षणपछि खुल्ने छ ।
प्रतिक्रिया दिनुहोस्