हैजाका कारण ७१ जना संक्रमित,३ जनाको मृत्यु

९ भदौ- वीरगन्ज, अहिले सम्म वीरगन्ज महानगरपालिकामा ७१ जनामा हैजा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगन्ज महानगरपालिकामा फैलिएको हैजा संक्रमण ७१ जनामा पुष्टि भएको जनाएको छ। महानगरपालिकाको ११, १२, १३ र १६ वडाका १९४ जनामा झाडापखाला लागेर उपचार भइरहेको ती मध्ये २२ जनाको आइसीयू र ६ जनाको एचडीयूमा उपचार भईरहेको छ। त्यस्तै हैजा संक्रमणबाट वीरगन्जमा ३ जनाको मृत्यु भएको छ।

 

हैजा पहिचान भएका व्यक्तिहरूको दिसाको नमुना संकलन गरी २२ वटा नमुना प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुरमा तथा १० वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको लागि पठाएको छ।

हैजा फैलाउने स्रोत पहिचान गर्न ३ वटा पानीका स्रोतबाट नमूनाहरू संकलन गरी प्रयोगशालामा हैजा जीवाणु परीक्षणका लागि मन्त्रालयले पठाइ सकेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्