खाली भ्यान खोलामा खस्यो

९ भदौ- काठमाडौं, भ्यान खोलामा खसेको छ। भटना तारकेश्वरको साङ्ला खोलामा भएको हो ।

 

सोमबार बिहान तारकेश्वर नगरपालिका-७ मा भ्यान साङ्ला खोलामा खसेको प्रहरीले जनाएको छ। बागमती प्रदेश ०६ ००१ ज ०५६२ नम्बरको भ्यान खोलामा खसेको हो। भ्यान काठमाडौं नुवाकोट सडकखण्डमा गुड्ने गर्दछ ।

 

चार्जिङ स्टेसनबाट बसपार्क जाने क्रममा भ्यान खोलामा खसेको हो । भ्यान खाली भएको कारण कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्