८ भदौ- काठमाडौं, आज सोमवार नेपाली बजारमा सुनको मूल्य घट्यो भने चाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमवार छापावाल सुन तोलामा १ लाख ९७ हजार २ सय रुपैयाँ कायम भएको छ। सुनको मुल्य आज ३ सयले घटेको हो ।
हिजो आइतवार सुन तोलामा १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आज सोमवार चाँदी २ हजार ३ सय ५५ रुपैयाँमा कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य हिजो आइतवारको तुलना भन्दा ५ रुपैयाँले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्