नेपालमा भित्रियो ठुलै रेमिट्यान्स

८ भदौ- काठमाडौं, गत आर्थिक वर्ष २०८१/ ८२ मा रेमिट्यान्स १९.२ प्रतिशत वृद्धि भएको छ । गत असारसम्म १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

गत वर्ष वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या पाँच लाख पाँच हजार ९५७ र पुनः श्रम स्वीकृति लिनेको संख्या तीन लाख ३३ हजार ३०९ रहेको छ ।

 

अघिल्लो वर्ष यस्तो संख्या क्रमशः चार लाख ६० हजार १०२ र दुई लाख ८१ हजार १९५ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्