बाढीसम्बन्धी पूर्वसूचना भ्वाइस कलबाट दिने तयारी

८ भदौ- काठमाडौँ, सर्वसाधारणले अब फोन कलबाटै बाढीसम्बन्धी पूर्वसूचनाको जानकारी पाउने भएका छन । जल तथा मौसम विज्ञान विभागले बाढीसम्बन्धी पूर्वसूचनालाई थप प्रभावकारी बनाउनका लागि ‘भ्वाइस कल’ सेवा सुरु गर्ने तयारी गरेको छ ।

 

बाढी आउने खतरा देखिएमा एसएमएसमार्फत सन्देश प्रवाह गर्दै आएको विभागले अबदेखि भने ‘भ्वाइस कल’मार्फत पनि पूर्वसूचना सम्प्रेषण गर्ने तयारी थालेको हो ।

विभागका बाढीविद् विनोद पराजुलीले नेपाल टेलिकमसँगको सहकार्यमा विभागले यही सातादेखि परीक्षणका रूपमा ‘भ्वाइस कल’मार्फत सूचना प्रवाह गर्ने तयारी गरिरहेको छ। एकैपटक धेरैलाई ‘भ्वाइस कल’ गर्दा सेवा अवरुद्ध कति हुन्छ भन्ने विषयमा थप परीक्षण गरिरहेको र यही साता परीक्षण गर्ने तयारीका साथ छलफल भइरहेको उनको भनाइ रहेको छ ।

 

बाढीसम्बन्धी पूर्वसूचना उपलब्ध गराएपछि बाढीबाट हुने धनजनको क्षति न्यूनीकरण हुन थालेको छ । पूर्वसूचनालाई थप प्रभावकारी बनाउन पूर्वतयारी तथा पूर्वसूचनामा थप लगानी आवश्यक पर्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्