८ भदौ- काठमाडौं, राष्ट्रपति पौडेलसँग विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् ।
वीपीनका आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको र यो विषय अन्तराष्ट्रिय स्तरमा पुगेको बताए । उनीहरुले विपीनको रिहाइका लागि थप पहल गरिदिन पनि आग्रह गरेका छन ।
आमा पद्माले आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले पहल गर्न आग्रह गरे । राष्ट्रपति पौडेलले वीपीनको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताएका थिए ।
इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले इजरायल पुगेर राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका थिए ।
प्रतिक्रिया दिनुहोस्