८ भदौ – तनहुँ, मोटरसाइकल दुर्घटनामा घाइतेको उपचारका क्रममा काठमाडौंमा आज बिहान निधन भएको छ। शुक्लागण्डकी नगरपालिका-७ शान्तिनगरका सामाजिक अभियन्ता विष्णु खत्रीको निधन भएको हो।
बेलचौताराबाट दुलेगौडा आउँदै गरेको ग ९ प ३९९२ नम्बरको मोटरसाइकलमा सवार खत्रीलाई विपरीत दिशाबाट आउँदै गरेको ग ३ च ३१९ नम्बरको जिपले ठक्कर दिएको थियो। घाइते खत्रीलाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो।
शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित बन्केवाचोकमा जिपको ठक्करबाट घाइते खत्रीको उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पतालमा निधन भएको हो।
प्रतिक्रिया दिनुहोस्