८ भदौ- स्याङजा, शनिबार राति एकजनाको कुटपिटबाट ज्यान गएको छ ।
वालिङ नगरपालिका–५ बाहुनडाँडाका ३२ वर्षीय ढाल बहादुर थापाको कुटपिटबाट ज्यान गएको हो । शनिबार राति बाहुनडाँडामा नै भएको सामान्य विवादले उग्र रुप लिँदा थापाको ज्यान गएको हो ।
कुटपिटबाट गम्भीर घाइते भएका थापाको गह्रौ प्राथमिक अस्पतालमा उपचार हुन नसकेपछि पोखरा लगिएकोमा अस्पताल पु¥याउना साथ थापालाई रातिनै चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।
कुटपिटमा संलग्न स्याङ्जाको हरिनाश गाउँपालिका–५ का २२ वर्षीय सिजन थापा र चापाकोट नगरपालिका–५ कान्ती का २४ वर्षीय अनिल शाहीलाई पक्राउ गरिएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान तथा घटनामा संलग्न भएका अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्