थुनुवामाथि प्रहरीको कुटपिट

८ भदौ- काठमाडौँ, प्रहरी वृत्त गौशालाको हिरासतमा रहेका थुनुवामाथि कुटपिट भएको छ । थुनामा रहेका अनिल बिसंखेलाई अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीले कुटपिट गरेका थिए ।

 

धादिङ घर भएका बिसंखे एकजना पूर्वसैनिक अधिकृतको घरमा ल्यापटप लगायतका ग्याजेट चोरेको आरोपमा पक्राउ परेका थिए । अनुसन्धानको क्रममा सादा पोसाकमा कार्यरत प्रहरी जवान मदन भण्डारीले उनलाई कुटपिट गरेको आरोपीको परिवार्ले बताएका छन । कुटपिटमा संलग्न प्रहरी जवान भण्डारी ५ वर्षदेखि गौशाला प्रहरी वृत्तमा कार्यरत छन् ।

कुटपिटबाट आरोपीको बायाँ गालाको माथिल्लो भागको हड्डी फुटेको छ । चेकजाँच गराउँदा ४ लाख उपचार खर्च लाग्छ भनेर अस्पतालले भनेको पीडित बताएका छन ।

यसबारे बुझ्दा प्रहरी वृत्त गौशालाका डीएसपी सुकदेव खनालले आरोपीमाथि कुटपिट भएको अस्वीकार गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस्