८ भदौ- रौतहट, शनिवार राति राजमार्गको किनारमा फेला परेको बेवारिसे शुटकेस भित्रबाट महिलाको शवको पहिचान भएको छ ।
महिलाको शव रौटहटको माधवनारायण नगरपालिका–६, महादेवपट्टी माइत भएकी २६ वर्षीया रुवीकुमारी साहको रहेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार साहको भारतको मजफरपुरमा विवाह भएको थियो । उनी हाल बच्चा पढाउन गौर नगरपालिका–२ महादेवपट्टी डेरामा बस्दै आएकी थिईन
। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्