विधेयक प्रति असन्तुष्ट पत्रकारहरुको प्रहरी संग घम्साघम्सी

६ भदौ- विराटनगर, हालै कोसी प्रदेश सरकारले सदनमा संचार विधेयक पेस गरेको छ । उक्त विधेयकको विरोधमा पत्रकारले निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीसँग पत्रकारको घम्साघम्सी परेको छ ।

 

 

पत्रकारको शान्तिपूर्ण धर्नाकाक्रममा प्रहरीसँग पत्रकारको घम्साघम्सी परेको हो ।

विधेयकमा पत्रकारलाई एक लाख रुपैयाँसम्म दण्डजरिबाना गर्ने प्रावधान राखेपछि पत्रकारले विरोध गरिरहेका छन् । विधेयक न्याय प्रशासन तथा विधायन समितिबाट पारित भएर शुक्रबार सभामा पेस भएको छ ।

 

कोसी प्रदेश सरकारको यस्तो कदमप्रति नेपाल पत्रकार महासंघले पनि विज्ञप्ती निकालेर असहमती जनाएको छ

प्रतिक्रिया दिनुहोस्