नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न आरोपमा रास्वपा एक जना पक्राउ

६ भदौ-  भैरहवा, नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन ।

 

रूपन्देही प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेललाई पक्राउ गरेको हो ।चितवनको कालिका नगरपालिका–५ का कँडेललाई बिहीबार चितवनबाट उनलाई नियन्त्रणमा लिएर ल्याइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएको छ ।

साउन ३० गते रूपन्देहीको बेलहियामा ठूलो परिमाणमा विभिन्न विश्वविद्यालयका नक्कली प्रमाणपत्रसहित एक भारतीय युवक अभिषेक यादव पक्राउ परेपछि अनुसन्धानक्रममा कँडेलको संलग्नता देखिएको थियो ।

यादवको साथबाट त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड, भारतीय विश्वविद्यालयका सयौं नक्कली ट्रान्सक्रिप्ट, प्रमाणपत्र, होलोग्राम र स्ट्याम्प बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

पूर्वशिक्षक कँडेल चितवनमा कलेज कोच नेपाल प्रालि नामक शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएका थिए । त्यहीमार्फत उनले नक्कली शैक्षिक प्रमाणपत्र तयार गरी नेपाल र भारतका विभिन्न विश्वविद्यालयका नाममा विद्यार्थीलाई विदेश पठाउने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले बताएको छ ।

 

कँडेल यसअघि पनि नक्कली प्रमाणपत्र प्रकरणकै कारण विद्यालय प्रधानाध्यापक पदबाट निकालिएका थिए ।

प्रतिक्रिया दिनुहोस्