६ भदौ – काठमाडौं, टोखा नगरपालिका-९ लक्ष्मीनगरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४० एम्पुल, फेनारगन ४० एम्पुल, नोर्फिन ४१ एम्पुल र नगद १४ हजार रूपैयाँ सहित सोही नगरपालिका-३ धनेश्वर बस्ने २७ वर्षीय संगम सिंह थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उनलाई लागूऔषध सहित पक्राउ गरेको हो ।
सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४१ ग्राम ७ सय ७० मिलिग्राम सहित सिराहा कल्याणपुर नगरपालिका-११ बस्ने सुनसरी घर भएका २३ वर्षीय जितेन्द्र कुमार राउतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्रदेश-०४-००१ ज ०१५५ नम्बर ईभी गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ मुलपानी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय चक्र बहादुर शाहीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-५ देउरालीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ७३ ट्याब्लेट र डाईक्लोमाइन ५ सय ५९ ट्याब्लेट सहित सोही उपमहानगपालिका-५ देउराली बस्ने १९ वर्षीय समिर माझीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी श्यामचौक समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी, सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्कचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ९ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ पथरी शनिश्चरे नगरपालिका-१० बस्ने २४ वर्षीय अर्जुन चम्लागाई र ३५ वर्षीय हमे कुमार माझी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१७ डेरा गरी बस्ने सप्तरी घर भएका ३७ वर्षीय सत्य नारायण यादवलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय २८ ग्राम र डिजिटल तराजु १ थान सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, कोशी गाउँपालिका-७ हरिपुरबाट अवैध लागूऔषध गाँजा करिब १० किलो ९ सय ४० ग्राम सहित धनकुटा सहिदभूमी गाउँपालिका-७ बस्ने ५० वर्षीय रूद्र बहादुर राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरीले धरानबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख २१८७ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्क चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ सय मिलिग्राम सहित मोरङ केराबारी गाउँपालिका-८ बस्ने २५ वर्षीय हरि धमलालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरूवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २ सय मिलिग्राम सहित मधुवन नगरपालिका-७ बिजयकालिका टोल बस्ने ३८ वर्षीय महेन्द्र सुवेदीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सर्लाही, हरिपुर्वा नगरपालिका-५ बस्ने ४५ वर्षीय रूपेश साह र उनकै श्रीमती ३५ वर्षीया प्रतिमा कुमारी साहलाई अवैध लागूऔषध गाँजा २० किलो ३ सय ४० ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम १० मिलिग्राम सहित कलैया उपमहानगरपालिका-८ बस्ने २३ वर्षीय सुरज प्रसाद सोनारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, गौरीगञ्ज गाउँपालिका-१ नेपाल भारतको सिमा एरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम १६ मिलिग्राम सहित कमल गाउँपालिका-५ बस्ने ३१ वर्षीय धनेस सहनीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कुञ्जिबारी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.५ प ८००३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, जानकी गाउँपालिका-१ सुवर्णपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय अमित शाह, ४४ वर्षीय नारायण शाह र २२ वर्षीय आशिष शाह रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सप्तरी, सप्तकोशी नगरपालिका-२ पर्साबाट अवैध लागूऔषध गाँजा करिब २४ किलो १ सय ४५ ग्राम सहित उदयपुर बेलका नगरपालिका-९ बस्ने ३२ वर्षीय मिलन श्रेष्ठलाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले उदयपुरबाट फत्तेपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०५१ प ४०६१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्