लागूऔषधसहित कैलालीबाट ३ जना पक्राउ

६ भदौ- कैलाली, लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

 

जानकी गाउँपालिका१ सुवर्णपुरबाट सोही ठाउँ बस्ने ४५ वर्षीय अमित शाह, ४४ वर्षीय नारायण शाह र २२ वर्षीय आशिष शाह लागूऔषधसहित पक्राउ परेका हुन्।

चेकजाँच गर्दा उनीहरुको साथबाट ४ सय मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित तिनै जनालाई बिहीवार इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्