अरिङ्गालको डसाइबाट एक बालकको मृत्यु

६ भदौ- बुटवल, अरिङ्गालको डसाइबाट एक बालकको मृत्यु भएको छ भने पाँच जना बिरामी परेका छन् । घटना रोल्पाको त्रिवेणी गाउँपालिका–७ धाक्रीपानीको हो ।

 

भदौ ५ गते विद्यालयबाट घर फर्कने क्रममा अरिङ्गालले डस्दा ७ वर्षीय मोहन परियारको मृत्यु भएको प्रहरीले बताएको छ । उनको उपचारका क्रममा रेउघा अस्पतालमा मृत्यु भएको हो ।

साथै अन्य पाँच जनालाई थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको छ । रिफर गरिएकाहरूमा १४ वर्षीया सुनिता परियार, १० वर्षीय शंकर परियार, १० वर्षीया मनिषा परियार, ४ वर्षीय आशिष परियार र ८ वर्षीय कमल परियार छन् ।

प्रतिक्रिया दिनुहोस्