६ भदौ – अमेरिका, दक्षिण अमेरिका र अन्टार्टिकाको ड्रेक प्यासेजको बिचमा बिहीबार ७.५ म्याग्नेच्यूटको भूकम्प गएको छ ।
अमेरिकाको भुगर्व सर्वेक्षण ९यूएसजीएस०ले भूकम्पको तीव्रता सुरुमा ८ तीव्रताको भनेकोमा भूकम्प जमिनबाट ११ किमि तल गएको बताइएको छ । यति ठुलो भूकम्पपछि पनि सुनामीको कुनै खतरा भने नभएको प्यासिफिक सुनामी वार्निङ सेन्टरले जनाएको छ ।
भूकम्पको धक्का ७०० किमी भन्दा धेरै रहेको अर्जेन्टिनाको उशुआइआ सम्म महसुस भएको बताइएको छ । चिलिको नेभी हाइड्रोग्राफिक सर्भिसले आफ्नो अन्टार्टिका क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्