५ भदौ- गोरखा, एकजना मृत भेटिएका को खबर पुगाउन जानेको पनि लडेर मृत्यु भएको छ
चुमनुब्री गाउँपालिका–६ सिप्चेतका रिनजिन लामा मृत अवस्थामा फेला परेका थिए, उनको उमेर अन्दाजी ४३ वर्ष रहेको प्रहरीले जनाएको छ ।
गत सोमबार बिजुलीको बिल तिर्न घरबाट निस्केका लामा सोही दिनदेखि सम्पर्कविहीन थिए । बिहीबार बिहान करिब ९ बजे गोरेटो बाटोबाट अन्दाजी १ सय ५० मिटर तल बुट्यानमा उनको शव फेला परेको स्थानीय बताएका छन। शव फेला परेसँगै आफन्तलाई खबर गर्न जाने क्रममा लडेर स्थानीय हिसे दोर्जेको पनि मृत्यु भएको छ।
प्रहरी घटनास्थलमा पुगिसकेको छ । प्रहरी पुगे लगतै थप अनुसन्धान सुरु गरि सकेको छ ।
प्रतिक्रिया दिनुहोस्