५ भदौ – कैलाली, हतियार सहित दुई जना पक्राउ परेका छन्।
कैलारी गाउँपालिका‑५ बड्कीपलिया सीमा ईलाकामा चेकजाँचको क्रममा दुई नाले एक थान बन्दुक तथा सोही बन्दुकमा प्रयोग हुने ४ राउण्ड गोलीसहित २ जना पक्राउ परेका छन।
आज विहान सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि. छोटीपलियाबाट खटिएको गस्ति टोलीले से.१ प. ९१८१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा कैलारी‑३ बड्कामुडा बस्ने ६८ वर्षीय राम भरोसे डगौंरा थारु र वडा नं. ५ गोबरैला गाउँ बस्ने ५७ वर्षीय जगदिश चौधरी पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।
बन्दुक तथा गोली, मोटरसाईकल र व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय हसुलियामा पठाइएको छ।
प्रतिक्रिया दिनुहोस्