५ भदौ – मुगु, लेक लागेर हाट बजार गएका एकजनाको मृत्यु भएको छ।
तिब्बतको ह्याजीमोरामा सुरू भएको हाट बजारमा पुगेका मुगु कार्मारोङ गाउँपालिका-२ मुगुम गाउँका स्थानीय हाल जुम्ला जिल्ला चन्दनाथ नगरपालिका बसोबास गर्दै आएका अन्दाजी ४५ वर्षीय साग्वु लामाको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ
गाउँलेसँग उक्त हाट बजारमा पुगेका लामालाई श्वासप्रश्वासमा समस्या भएपछि उद्दारका लागि स्रिम्रिक एयरको हेलिकोप्टर बोलाइएकोमा हेलीकोप्टर नपुग्दै लामाको मृत्यु भएको थियो। मृतकको परिवार जुम्ला भएकाले शव हेलिकोप्टरमार्फत जुम्ला लगिएको छ ।
हरेक वर्ष साउन अन्तिम साता भदौको पहिलो साता नेपाल-तिब्बत सिमा क्षेत्रमा पर्ने तिब्बतको ह्याजीमोरामा हाट लाग्ने गर्दछ । यो हाटमा कार्मारोङ गाउँपालिका१ देखि ८ वडा सम्मका स्थानीयहरू आफूलाई वर्ष भरी पुग्ने खाद्यान्न लत्ता कपडालगायत सामग्री खरिद गर्ने गर्दछन्।
स्थानीयहरू आफूले संकलन गरेका यार्सा,वनलसुन,जडिबुटीलगायत स्थानिय उत्पादन खाद्यान्न तथा लत्ता कपडा लगेर हाट बजारमा बेच्ने गर्छन्।
प्रतिक्रिया दिनुहोस्