दुबईको जेलबाट ब्लड मनी बुझाएर स्वदेश फर्किए एक नेपाली

५ भदौ- सल्यान, दुबईको जेलबाट एकजना नेपाली मुक्त भई स्वदेश फर्किएका छन्। त्रिवेणी गाउँपालिका–६ का ३५ वर्षीय युवराज थापा दुबईको जेलबाट ए मुक्त भई स्वदेश आएका छन । देश–विदेशबाट संकलित ब्लड मनीका लागि करिब ८६ लाख रुपैयाँ बुझाएपछि उनी घर फर्किएका हुन्।

गाउँपालिका र वडा कार्यालयले मंगलबार उनलाई माला–खादा लगाएर स्वागत गर्दै दीर्घ जीवनको शुभकामना दिएको थियो।

 

युवराजलाई बचाउन आवश्यक रकममध्ये ८१ लाख रुपैयाँ देश–विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले स्वस्फूर्त रूपमा सहयोग गरेका थिए। बाँकी रकम परिवारले व्यवस्था गरेको थियो।

गाउँ घर टोल, समाज र देशबासी सबैले एउटी चेलीले अनाहकमा दोषी करार गरी विदेशमा बन्धक बनाइएका आफ्ना श्रीमान युवराजको जीवन रक्षाको लागि गरेको सहयोग र खेलेको भूमिकाको कुनै पनि शब्दमा वर्णन गर्न सम्भव नभएको श्रीमती अञ्जलीले बताइन्।

प्रतिक्रिया दिनुहोस्