५ भदौ- दार्चुला, आज बिहान जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ।
नौगाड गाउँपालिकाको होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुपप्र ०४००१ ज ०१०३ नम्बरको जीप दुर्घटनामा परेको हो। घाइतेहरूको उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ। गम्भीर घाइते हुनेमा २५ वर्षीया पार्वती टमटा, २६ वर्षीय मोहन ठगुन्ना, १८ वर्षीया अप्सरा महता र ३५ वर्षीय उमेश ठगुन्ना रहेका छन्।
चिप्लो बाटोमा ब्रेक नलागेपछि जीप दुर्घटना भएको थियो। चालक लोकेन्द्रसिंह ठगुन्नासहित ११ जना सवार रहेको उक्त जीप दुर्घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्