दिल्लीका विद्यालयहरूमा बम राखेको इमेल पठाएर धम्की

५ भदौ- भारत, राजधानी दिल्लीका विद्यालयहरूमा बम राखेको इमेल पठाएर धम्की दिइएको छ ।

बिहीबार, दिल्लीका विद्यालयहरूमा फेरि एक पटक बम धम्की आएको भारतीय मिडियाहरुले जनाएका छन । दिल्लीको द्वारका सेक्टर(५ र प्रसाद नगरसहित छ वटा विद्यालयहरूलाई इमेल पठाएर बमको धम्की दिइएको छ ।

 

जानकारी पाउने बित्तिकै दिल्ली प्रहरी र अग्निशमन विभाग घटनास्थलमा पुगेको र सावधानीका रूपमा विद्यालय परिसर खाली गराइएको छ भने बालबालिकाहरूलाई घर फिर्ता पठाइएको छ ।

 

प्रहरी र अन्य आपतकालीन एजेन्सीहरूले बमको खोजी अभियान सुरु गरेको बताएको छ । यसअघि बुधबार, दिल्लीका ५५ भन्दा बढी विद्यालयहरूलाई बुधबार इमेल मार्फत बमको धम्की दिइएको थियो । प्रहरी र अन्य आपतकालीन एजेन्सीहरूले खोजी अभियान सुरु गरेपनि कुनै पनि विद्यालयमा खोजी गर्दा केही शंकास्पद कुरा फेला नपरेको प्रहरीले जानकारी दिएको थियो ।

यसअघि अगस्ट १८ मा, दिल्लीका ३२ विद्यालयहरूलाई यस्तै धम्की दिइएको थियो । यसअघि दिल्लीको द्वारकाको सेन्ट थोमस स्कूल र दिल्ली विश्वविद्यालयको सेन्ट स्टीफन्स कलेजलाई पनि बमको धम्की दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्