बाटोबाट चिप्लिएर खोलाले बगाउँदा एक बालिकाको मृत्यु

५ भदौ- अछाम, बाटोबाट चिप्लिएर खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।

 

मृत्यु हुनेमा मेल्लेख गाउँपालिका–४ सेलगाँउ बस्ने खडक साउँदको ७ वर्षकी छोरी कृति साउँद रहेकि छन। कृति साँफेबगर नगरपालिका–१३ मैडाली उनको मामासँग बुढाबगरबाट उपचार गर्न गएकी थिइन्। उपचार गरी फिर्ता हुने क्रममा ईगडी खोलाको साघुरो बाटोबाट चिप्लिन गई सोही खोलामा बगेर उनी वेपत्ता भएको प्रहरीले जनाएको छ।

बालिकालाई इलाका प्रहरी कार्यालय घुघुरकोट, अछाम र सशस्त्र प्रहरी विपद मनसुन प्रतिकारी वेश टाँसी, अछामबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले खोजतलास गरेको थियो ।

उनि बगेको स्थानबाट अन्दाजी ३ कि.मी. दक्षिण तर्फ मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्