४ भदौ- काभ्रेपलाञ्चोक, ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । घटना पाँचखाल नगरपालिका–५ केराघारी नजिक भएको हो ।
मृत्यु हुनेमा चौँरीदेउराली गाउँपालिका–८ का ३५ वर्षीय रुपेश खरेल रहेका छन।
पाँचखालतर्फ गइरहेको ट्रकले उनलाई ठक्कर दिँदा उनको मृत्यु भएको पाँचखालकास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ। काठमाडौँबाट कोशीपारितर्फ मोटरसाइकलमा गइरहेका खरेलले ट्रकलाई उछिन्ने क्रममा दुर्घटना भएको थियो। गम्भीर घाइते भएका उनलाई धुलिखेल अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीले ट्रक र त्यसका चालक माधवकुमार बडाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
प्रतिक्रिया दिनुहोस्