ट्याक्सी चालकमाथि खुकुरी प्रहार गर्ने २ जना लुटेरा पक्राउ

४ भदौ – ललितपुर, ट्याक्सी चालकमाथि खुकुरी प्रहार गर्दै लुटपाट गर्ने २ जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेहरूमा खोटाङ घर भई ललितपुर बस्दै आएका २६ वर्षीय सिसन राई र १८ वर्षीय सविन राई छन् । भदौको १गते राति ३ बजेतिर एक ट्याक्सी चालकलाई खुकुरी प्रहार गरी उनिहरुले लुटपाट गरेका हुन ।

बीएच ९३४५ नम्बरको ट्याक्सीका चालक बद्री नगरकोटीलाई हात्तीवनबाट ठैबतर्फ जाउँ भन्दै ट्याक्सीमा चढेको र ठैब पुगेपछि ट्याक्सी रोक्न लगाउँदै खुकुरी प्रहार गरेको उनिहरुमाथी आरोप छ ।

 

खुकुरी प्रहारबाट ट्याक्सी चालकको गर्धन र देब्रे हातमा चोट लागेको छ। उनिहरुले चालकसँग भएको मोबाइल, नगद सिक्री लुटेर फरार भएकोमा उनीहरूलाई खुकुरी सहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।

 

पक्राउ परेकाहरूविरुद्ध ज्यान मार्ने उद्योग र डाँका–चोरी मुद्दामा अनुसन्धान हुने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्