४ भदौ-अफगानिस्तान, बस दुर्घटनामा ७३ जनाको मृत्यु भएको छ ।
अफगानी आप्रवासीहरू चढेको बस हेरात प्रान्तमा पुग्दा अचानक आगलागी हुँदा चालक सहित बसमा सवार ७१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १७ बालबालिका पनि रहेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रक र मोटरसाइकल ठोकिंदा २ जनाको मृत्यु हुँदा ७३ जना मारिएका छन। हेरात प्रहरीले बस चालकको अत्यधिक गति र लापरवाहीका कारण दुर्घटना भएको बताएको छ ।
बसमा के कति कारणले आगलागी भएको भन्ने अनुसन्धान जारी रहेको छ । अफगानिस्तानमा तलीवान सरकारमा ज्यादतीका कारण लाखौ पलायन हुने क्रममा रहेका आप्राबासीहरु चढेको बस दुर्घटनामा परेको हो ।
प्रतिक्रिया दिनुहोस्