४ भदौ- भारत, मध्य प्रदेशको नरसिंहपुरमा एक विद्यार्थीले शिक्षिकामाथि पेट्रोल खन्याएर आगो लगाइ दिएकी छन्।
कक्षा १२ की विद्यार्थीले आफ्नै शिक्षिकामाथि पेट्रोल खन्याएर आगो लगाएकी हुन्। घटनालगत्तै प्रहरीले विद्यार्थीलाई पक्राउ गरी अनुसन्धान सुरू गरेको छ।
२५ वर्षीया शिक्षिकाले केही दिनअघि ती छात्राले आफूमाथि आपत्तिजनक टिप्पणी गरेको भन्दै विद्यालयमा उजुरी दिएकी थिइन्। प्रहरीका अनुसार ती छात्रा शिक्षिकाको घरमा पुगेर माफी माग्ने बहानामा उनलाई बाहिर बोलाएकी थिइन्। शिक्षिका बाहिर निस्कने बित्तिकै ती छात्राले उनीमाथि पेट्रोल खन्याएर आगो लगाइदिएको भारतीय प्रहरीले जनाएको छ।
घटना लगत्तकै शिक्षिकालाई स्थानीय अस्पताल लगिएको थियो। त्यसपछि उनलाई जबलपुर मेडिकल कलेज रेफर गरिएको थियो। उनको शरीरको लगभग २५ प्रतिशत भाग जलेको छ। यद्यपि उनको अवस्था हाल स्थिर रहेको छ। विद्यार्थीविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्