किरिया घरमा चट्याङ लागेर एक जनाको मृत्यु, ७ घाइते

३ भदौ- मकवापनुर, किरिया बसेको एक घरमा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ साथै उक्त चट्याङमा परि अन्य ७ जना पनि घाइते भएका छन् ।

 

 

मनहरी गाउँपालिका-६ हाङलाङ स्थित पालबहादुर घलानको घरमा चट्याङ खसेको हो । पालबहादुरको घरमा चट्याङ खस्दा किरियाको काममा सघाउन आएका छिमेकी दैलीडाँडा बस्ने ४२ वर्षीय विशाल ब्लोनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मंगलबार दिउँसो ४ः२० बजेको समयमा चट्याङ परेको थियो ।

 


चट्याङ लागेर मनहरी गाउँपालिका-६ हाङलाङकी १२ वर्षीया वर्षा घलान, १२ वर्षीय सुजन घलान, १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेमबहादुर घलान, ३७ वर्षीय राजकुमार घलान र चितवनको राप्ती नगरपालिका(११ का ४७ वर्षीय पानबहादुर मोक्तान घाइते भएका छन् ।

 

घाइतेहरूको उद्धार गरी उपचारका लागि मनहरी अस्पताल मकवानपुर लगिएको छ ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्