३ भदौ – म्याग्दी, पौडी खेल्ने क्रममा म्याग्दी खोलाको बिचमा फसेका दुई युवकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । घटना म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीको हो ।
मंगलबार उनीहरू पौडी खेल्ने क्रममा उक्त खोलाको बिच भागमा फसेकाकोमा सोही ठाउँ बस्ने अन्दाजी ३० वर्षीय मिन बहादुर श्रीपाली र २७ वर्षीय कमल श्रीपालीको प्रहरीले सकुशल उद्धार गरेको हो।
सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म म्याग्दीबाट सशस्त्र प्रहरी निरीक्षक आकाश सुचिकारको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले थ्रो ब्याग, रोप रेस्क्यु विधि अपनाई दुवै जनाको सकुशल उद्धार गरेको हो ।
उद्धार गरिएका दुवै जनाको अवस्था भने सामान्य रहेको छ।
प्रतिक्रिया दिनुहोस्