जापानीज इन्सेफ्लाईटिसका करण ३ जनाको मृत्यु

३ भदौ -चितवन, तीन जनाले जापानीज इन्सेफ्लाईटिसका करण ज्यान गुमाउन पुगेका छन्।

 

साउन २३ देखि भदौ ३ गते सम्मको नमूना परीक्षणमा नौ जना सङ्क्रमित फेला परेका थिए। ती मध्ये तीन जनाको मृत्यु भएको छ। जापानीज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा भेटिएको हो।

यो रोग लागेमा अचानक उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, बान्ता हुने, शरीर काम्ने, घाँटी दख्ने जस्ता जापानीज इन्सेफ्लाइटिसका लक्षण देखा पर्न सक्छ।

प्रतिक्रिया दिनुहोस्