नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई हरायो

३ भदौ-  अस्ट्रेलिया, टप इण्ड टी–२० सिरिजअन्तर्गत होबार्ट हरिकेन्स एकेडेमीलाई नेपाल ले पराजित गरेको छ । नेपाललाई जित दिलाउन तीव्र गतिका बलर नन्दन यादवको ठुलो हात रहेको छ ।

उनले १६ ओभरको अन्तिम बलमा गेब बेललाई २ रनमा आउट गरे । नन्दनले नै १५.४ ओभरमा राफ म्याकमिलनलाई पाँच रनमा क्याच आउट गराए । उनले नै १३.३ ओभरमा टम ड्वायरलाई शून्यमै बोल्ड गरे ।

 

उनले १३.२ ओभरमा ब्राडली होपलाई ३१ रनमा आउट गरे । रिजन ढकालले १२.५ ओभरमा टिम वार्डलाई १३ रनमा बोल्ड गरे । कुशल भुर्तेलले ११.३ ओभरमा चार्ली वाकिमलाई २८ रनमा आउट गरे । स्पिनर सन्दीप लामिछानेले म्याकालिस्टर राइटलाई तीन रनमा एल्बीडब्लू आउट गरे ।

 

नेपाललाई उत्कृष्ट सुरुवात दिलाउनेक्रममा कप्तान रोहितकुमार पौडेल र नन्दन यादवले सुरुवातमै एक एक विकेट लिएका थिए ।

रोहितले पहिलो ओभरको दोस्रो बलमै विकेट लिए । उनले निवेथन राधाकृष्णनलाई शून्यमै बोल्ड गरेका हुन् । यस्तै, नन्दनले ३.४ ओभरमा विल प्रेस्टविजलाई ५ रनमा आउट गरेका थिए । यसरी आजको खेल नेपालको पोल्टनमा पर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्