उपसभामुख रानालाई हटाउन खोजेर कांग्रेस–एमालेले गल्ती गर्न खोज्दै छ ।

३ भदौ- काठमाडौँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरलाई हटाउने सत्तारुढ दलहरूको विरोध गर्ने बताएका छन् ।

सञ्चारकर्मीहरूसँग मंगलबार पार्टी कार्यालय पेरिसडाडाँमा कुरा गर्दै प्रचण्डले उपसभामुख रानालाई हटाउन खोजेर कांग्रेस–एमालेले गल्ती गर्न लागेको भन्दै माओवादीले विरोध गर्ने बताएका हुन् ।

 

केपी शर्मा ओली नेतृत्वको वर्तमान गठबन्धन सरकार बनेदेखि नै गल्तीबाहेक राम्रो कुनै काम गर्न नसकेको उनले बताए ।

 

उपसभामुख रानाले उनिमाथि यसअघि लगाइएको आरोप समेत कपोकल्पित रहेको जिकिर गरेकी थिइन् । उपसभामुख राना असम्बन्धित व्यक्तिहरूलाई अमेरिका पठाउन अमेरिकी दूतावासलाई पत्र लेखेसँगै विवादमा तानिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्