आज शेयर बजार ९.१६ अंकले बढ्यो

२ भदौ- काठमाडौं, आज सोमबार नेप्से परिसूचक ९.१६ अंकले बढेर २७७०.३९ विन्दुमा रोकिएको छ।

 


नेप्से बढेपनि कारोबार रकम आज घटेको छ। ३२० स्क्रिप्सको १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार २०९ रुपैयाँ रकमको कोवार भयो।

 

कारोबारमा आएकामध्ये १७५ स्टक्सको मूल्य बढ्दा ७४ वटाको घट्यो। ११ समूहको उपसूचक बढ्दा दुईवटाको मात्रै घट्यो।

प्रतिक्रिया दिनुहोस्