२ भदौ – कैलाली, खुटिया नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोदावरी नगरपालिका–९ बल्मीका ११ वर्षीय दीपेन्द्र जोशी रहेका छन ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जोशी आइतबार मध्याह्नदेखि सम्पर्कविहीन थिए । आइतबारदेखि नै दीपेन्द्र घर नफर्केपछि खोजी कार्य सुरु गरिएकोमा उनका साथीले नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको बताएका थिए ।
बेपत्ता बालकका साथीले दिएको बयानको आधारमा दीपेन्द्रको शव खुटीया नदीमा भेटिएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्